२०८१ चैत्र ११ गते सोमवार

कर्णाली प्रदेशका सबै जिल्लामा देउसी/भैली खेल्न निषेध



२० कार्तिक ।  नजिकिदै गरेको मूख्य पर्व तिहारमा देउसी र भैली खेल्न पूर्ण रुपमा निषेध गर्ने कर्णाली सरकारले निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहार पर्वमा सुरक्षा सतर्कता अपनाएर घरभित्र बसी टिका लगाउन दिने र देउसी र भैली खेल्नमा निषेध गर्ने निर्णय गरेको हो ।
बैठकले पर्वको बेला जात्रारमेला लगाउन नदिन मातहतका निकायलाई परिपत्र गर्ने जनाएको छ । कोरोना रोगको संक्रमण दिनप्रतिदिन समुदायमा फैलिई सकेकोले नियन्त्रण र उपचारका लागि कठिन हुने भन्दै बैठकले प्रचार-प्रसारमा तिव्रता दिन सरोकारवाला निकायलाई तदारुकताका साथ खटाउने व्यवस्था सामाजिक विकास मन्त्रलायलाई मिलाउन निर्देशन दिएको छ ।
बदलिदो मौसम, नजिकिएको तिहार, छठ र प्रदेश राजधानी र सदरमुकामका अस्पतालको क्षमताको अवस्थालाई हेरी कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई सजग हुन बैठकले आग्रह गरेको छ ।
कोभिड संक्रमणको अवस्था र समुदायमा यसको प्रभाव तिहारसम्म के कस्तो रहन्छ त्यसको आँकलन गरेर नियन्त्रण र उपचारको योजना अर्को वैठकमा पेश गर्न सामाजिक विकास मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्