२०८२ बैशाख ९ गते सोमवार

सल्यानमा आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती प्रहरी फन्दामा



२० कात्तिक । आफ्नै श्रीमान ५३ वर्षीय राम बहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा सल्यान कपुरकोटबाट एक महिलालाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका ५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामी रहेकी छन । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको कारण ईश्वरीले आफ्नै श्रीमानलाई पिर्का प्रहार गर्दा उनका श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले जानकारी दिएका छ्न । उक्त विषयमा खबर प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो ।
चौकी कपुरकोट र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताएका छन ।

 

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्