२०८१ चैत्र ११ गते सोमवार

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी, बाइडेन विजयको नजिक



२० कर्तिक । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना अहिले चलिरहेको छ ।

अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच अहिले कडा प्रतिस्पर्धा भइरहेको देखिएको छ ।

अहिलेसम्म पचासमध्ये ४३ राज्यको नतिजा घोषित भएको छ । कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये बाइडेनले २ सय ४३ सिट र ट्रम्पले अहिलेसम्म २ सय १४ सिट प्राप्त गरेका छन् ।

जर्जिया, नर्थ क्यारोलाइना र अलास्कामा ट्रम्प अगाडि छन्। विस्कन्सिन र मिसिगनमा जित निकालेसँगै राष्ट्रपति निर्वाचनको दौडमा जो बाइडेन विजयको नजिक पुगेका छन् । जितका लागि २ सय ७० सिट आवश्यक रहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्