२०८२ बैशाख ११ गते बुधवार

आजको मौसम देशभर कस्तो रहला हेर्नुहोस



२० कार्तिक । हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

साथै पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ । राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्