१९ असोज,घोराही –
सल्यानमा एक जना महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले जेसिबी चालकसहित तीन जनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका २ गैरीकी ५४ बर्षीया रामकली खत्री बाटोमै मृत अवस्थामा फेला परेपछि प्रहरीले जेसिबी चालक, सहचालक र साहुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको हो ।
शनिबार साँझ घरदेखि माइती जान भनि हिडेकी खत्रीको शव आइतबार बेलुका बीच बाटोमै फेला परेको थियो । सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सोही दिन अन्य कुनैपनि गाडी नचलेको र जेसिबी मात्रै सडक मर्मतका लागि हिडेकाले घटना अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ । मृतकको शरिरको ढाड, हात, कानमा गाडीले किचेको घाउ रहेको प्रहरीले बताएको छ ।।