२०८१ फाल्गुन ३ गते शनिवार

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते



गुल्मी /१९ असोज । गुल्मीमा ट्र्याक्टर दुर्घटनामा परि सोमबार एक जनाको ज्यान गएको छ भने दुई जना घाइते बनेका छन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्र्याक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना भएको हो । दुर्घटनामा परि ट्र्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ बस्ने वर्ष १६ का धनबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनु भएको छ । उनको ट्र्याक्टरको चक्काले च्यापेर ज्यान गएको हो ।

दुर्घटनामा परि गुल्मी दरबार गाउँपालिका १ माझीगाँऊ बस्ने वर्ष १५ वर्षका लालबहादुर बुढामगर र ट्र्याक्टर चालक कपिलवस्तु घर भएका वर्ष ३० का रेशम ताम्राकार घाइते बनेका छन् । घाइतेहरुको अहिले स्थानीय शुभ सारथी मेडिकल मजुवामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले बताउनु भएको छ ।

दुर्घटना भएको त्यस ट्र्याक्टर सडकदेखि २० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्