२०८१ चैत्र १० गते आइतवार

सल्यानमा एक बालक बेवारिसे अवस्थामा जंगलमा फेला



सल्यान, १९ असोज । सल्यानमा एक बालक बेवारिसे अवस्थामा जंगलमा फेला परेका छन् ।जिल्लाको श्रीनगर-खलंगा सडक खण्ड अन्तरगतको सालघारी जंगलमा सोमबार बिहान ती बालक रुँदै गरेको अवस्थामा फेला परेका हुन् ।

बालकको उमेर करिब १ बर्ष जतिको रहेको अनुमान गरिएको छ । बालक भेटिएको स्थान नजिकै बालकको कपडा र एउटा झोला समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।श्रीनगरका स्थानियहरु मर्निङवार्क गएको समयमा उक्त बेवारिसे बालकलाई रोइ राखेको अबस्थामा फेला पारेका थिए । त्यस लगत्तै उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।

आमाले बालकलाई रातिनै जंगलमा छाडेर गएको हुनसक्ने अनुमान गरिएको छ । अहिले ती बालकलाई सल्यान अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भईरहेको सल्यानका प्रहरी प्रमुख डिएसपि गोबिन्द थापाले बताए ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्