२०८२ बैशाख १० गते मङ्गलवार

‘मुन्द्रेको कमेडी क्लब’को सिजन २ मा अध्यक्ष करिष्मा मानन्धर



दाङ,१९ असोज । टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को सिजन २ मा अध्यक्ष करिष्मा मानन्धर रहने भएकी छिन् । कोरोनाका कारण बन्द भएकोको कमेडियन जितु नेपालले सञ्चालन गर्ने यस कार्यक्रमको पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौला अध्यक्षको रूपमा थिइन् । शनिवार धुम्बाराहीको स्टुडियोमा केही एपिसोडहरुको सुट भएपछि दोस्रो सिजनमा अध्यक्षको रूपमा अभिनेत्री मानन्धरको प्रवेश भएको खुलेको हो । करिष्माले जितुको कुरा टार्न नसकेर आफू कमेडी क्लबको अध्यक्ष भएको बताएकी छिन् । उनी भन्छिन्, ुकलाकार भएकाले हरेक रङ्गसँंग रमाउनुपर्ने हुन्छु ।

यस सिजनको पहिलो एपिसोडमा नायिका रेखा थापा अतिथिको रूपमा देखिनेछिन् । सामाजिक दुरी र सङ्क्रमणको जोखिम न्यून गर्दै नयाँ सिजनको काम भइरहेको टिमले जनाएको छ । यसै गरी केही समयअघि ठुलो विवादमा तानिएकी अभिनेत्री निर्देशक दीपाश्रीलाई भने मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा हटाइएको बुझिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्