२०८१ माघ ७ गते सोमवार

मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार गर्ने १२ जना नियन्त्रणमा



दाङ, १९ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरिएको छ ।आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवलतर्फ आउँदै गर्दा बुटवलको राजमार्ग चौराहामा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको पुष्टि गरे ।ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको जनाइएको छ । ढुंगामुढा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।प्रहरीले ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको जनाएको छ ।प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य संघसंस्थाले विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्