२०८१ माघ २६ गते शनिवार

अमृत र संगीताको ‘लाजको घुम्ती’



गायक तथा संगीतकार अमृत क्षेत्रीले ‘लाजको घुम्ती’ बोलको गीत सार्वजनिक गरेका छन् । अम्बिका गुरुङको शब्द रहेको यो गीतले आफ्नी मायालुप्रति एक यूवकले देखाएको प्रेम आशक्ती बोल्छ ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक अमृत क्षेत्री र संगीता क्षेत्रीको मोडलिङ छ । अमृतले गीतको बारेमा भने–‘यो गीत १ बर्ष अगाडि नै तयार भएको थियो । गीतकार अम्बिका गुरुङले हाम्रो जोडी नै भिडियोमा खेल्नुपर्छ भनेपछि हामीले खेलेका हौं । हरेक माया गर्ने जोडीका लागि यो गीत समर्पित छ ।’

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्