नायिका पूजा शर्माले नायकद्धय पल शाह र आकाश श्रेष्ठसँग चलचित्र र म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, पूजा, पल र आकाशले एकसाथ काम भने गरेका थिएनन् ।
उनै, पूजाले शनिबार फरक अनुभुती गरिन् । म्यूजिक भिडियोमा जमिरहेका दुई नायक पल शाह र पूजा आकाश श्रेष्ठसँग पूजाले एकसाथ काम गरेकी छिन् । नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पूजा शर्मा, नायकद्धय पल शाह र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ ।
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार