२० भदौ,घोराही-
दाङमा सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा १० दिन भित्रमा हुने भएको छ । जिल्लामा २३ हजार बढीले लिखितमा नाम निकालेको र बाँकी वर्ग थप सहित गरी ३० हजार बढीले ट्रयाल परीक्षा दिन लागेको यातायात व्यवस्था विभाग कार्यालय तुलसीपुरका निमित्त प्रमुख रविन्द्र केसीले जानकारी दिनुभएको छ । यसअघि वैशाख १५ गतेदेखि कोरोनाका कारण लिखित तथा ट्रयाल परीक्षा स्थगित भएको थियो ।
त्यस्तै उहाँले नयाँ अनलाइन फारम भने केन्द्रले नै खोल्ने भएकाले अझै केही समय लाग्ने बताउनुभएको छ । जिल्लामा अहिले २०७८ चैत १२ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म फारम भरेकाको लागि परीक्षा गराउने तयारी भैरहेको उहाँको भनाइ छ ।