२०८१ चैत्र १३ गते बुधवार

रोल्पामा अत्यधिक मदिरा सेवन गरि श्रीमती माथी खुकुरी प्रहार



२० भदौ,दाङ – रोल्पामा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते हुनुभएको छ । गंगादेव गाउँपालिका वडा नम्बर ३ कालाभिर बस्ने ४८ वर्षिय शालिकराम घर्तीले अत्यधिक मदिरा सेवन गरि गएराती श्रीमती ४६ वर्षिय भुमिसरा घर्तिलाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घर्तीले श्रीमती लगाएत आफुले पालेका गाई ,भेडा र बाख्रा गरी तिनवटा वस्तुभाउलाई पनि खुकुरी प्रहार गरेका थिए तिनवटैको मृत्यु भइसकेको छ। घटनाको बारेमा स्थानियले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी नायब निरीक्षकको टोली घटनास्थल पुगि दुईवटा खुकुरी सहित घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेश सुवेदीले जानकारी दिनुभयो।

घाइते श्रीमतीलाई उपचारको लागि स्थानीय मेडिकलमा भर्ना गरिएको छ भने पक्राउ परेका घर्तीलाई अहिले इलाका प्रहरी कार्यालय घर्तिगाउँमा राखि थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्