२०८१ फाल्गुन ४ गते आइतवार

चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने



२० भदौ,घोराही –
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ । देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो ।

अबको एक/दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उहाँको दाबी छ । सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन हुने उहाँले बताउनुभयो

। तीज र दशैँ नजिकिएकाले अबको अनुगमन, गरगहना, कपडा, मासु र दैनिक उपभोग्य वस्तुमा केन्द्रित हुने उहाँको भनाइ छ । चाडपर्वको समयमा उपभोक्ता र व्यापारीको बढी भेटघाट हुने भएकाले यो समयमा उपभोक्ताले गुनासो धेरै गर्ने भएकाले अनुगमनलाई बढाइने गरेको उहाँले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्