२०८१ फाल्गुन ४ गते आइतवार

अश्लील सामग्री प्रसारण गरेको आरोपमा युटुबर पक्राउ



२१ असार, काठमाडौं

नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ ।

महिलाको चरित्र हत्या हुनेगरी भिडियो प्रशारण गर्ने चार युटुबर पक्राउ – Ranga  Darpan

प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युटुब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न रहेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले पक्राउ लामाले अश्लील सामग्री युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्