२१ असार, घोराही –
सल्यानमा किसानहरु कुरिलो खेती तर्फ आकर्षित हुन थालेका छन् । आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरु कुरिलो खेती तर्फ आकर्षित भएका हुन् ।
कुरिलो खेतीबाट थोरै समयमा मनग्य आम्दानी हुने भएपछि कालिमाटी गाउँपालिका २ टाट्केका किसानहरु सामुहिक कुरिलो खेतीमा जुटेका छन् । शारदा दलित महिला समूहले पनि हरियाली महिला कबुलियती वनमा सामूहिक कुरिलो खेती गरेका हुन ।
जमिनको सदुपयोग पनि हुने र आम्दानी पनि हुने भएपछि कबुलियती वनमा कुरिलो खेती गरिएको हुमी टमाटाले बताउनुभयो । कुरिलो प्रति किलो ३ सयदेखि ४ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।।