२०८१ असार ६ गते बुधवार

वडा कार्यालयबाट के–के सुविधा पाइन्छ तपाईँलाई थाहा छ ?



२२ जेठ,काठमाडौं – देशको केन्द्रीय शासन प्रणालीलाई विकेन्द्रीकृत गर्न राज्यको पुनर्संरचना भएअनुसार अहिले देश केन्द्र, प्रदेश र स्थानीय सरकार गरी तीन तहमा रहेको छ । सानातिना कामको लागि पनि जिल्ला सदरमुकामदेखि सिंहदरबारसम्म धाउनुपर्ने बाध्यतालाई यो व्यवस्थाले सहज बनाएको छ ।

राज्यको पुनर्संरचनापछि अहिले हाम्रो घरआँगनमै सरकार उपस्थित भएको छ । अहिलेको व्यवस्थाअनुसार तल्लाे तहको सरकारको रुपमा रहेको वडा कार्यालय नै हामी सबैको सबैभन्दा नजिकको सरकार हो ।

जनताको सहजताका लागि केन्द्र सरकारको त कुरै छाडौँ नगरपालिका वा गाउँपालिकाको कार्यालय पनि धाउनु नपर्ने व्यवस्था सरकारले गरेको छ । हाम्रा अधिकांश सरकारी कामहरू अहिले वडा कार्यालयबाटै हुन्छन् ।

वडा कार्यालयबाट के–के काम हुन्छन् त ?

  • नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस
  • जन्ममिति प्रमाणित
  • विवाह दर्ता तथा प्रमाणित
  • नाता प्रमाणित
  • घरजग्गा प्रमाणित
  • व्यक्तिगत विवरण प्रमाणित
  • घरपुर्जा प्रमाणित
  • पुर्जा हराएमा प्रमाणित
  • नामथर, जन्ममिति संशाेधन
  • मृत्युदर्ता, हकदार नामसारी
  • वैवााहिक वा अंगिकृत सिफारिस
  • गरिब , विपन्न प्रमाणित
  • घर-जग्गा धितोकाे मूल्यांकन
  • घर-जग्गा कर
  • कित्ताकाट सिफारिस
  • मिलापत्र
  • निःशुल्क उपचार सिफारिस
  • पोषणसम्बन्धी व्यवस्था
  • घर बहाल र कर सिफारिस
  • मोही लगत कट्टा सिफारिस
  • व्यापार व्यवसाय खोलेको वा बन्द गरेको प्रमाणित गर्न
  • उद्योग नामसारी वा ठाउँसारी गर्न
  • विद्यालय खोल्न सिफारिस
  • विद्यालयको कक्षा थप्न
  • विद्यालय ठाउँसारी गर्न… आदि

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्