२०८१ फाल्गुन ३ गते शनिवार

आज दाङका थप ३ जना कोरोना संक्रमितको मृत्यु



२२ जेठ, घोराही –
शनिबार (आज) कोरोनाबाट दाङका थप ३ जनाको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले दिएको आज दिउसो ३ बजे सम्मको विवरण अनुसार मृत्युु हुुनेमा दुई पुरुष र एक महिला रहेका छन ।

कोरोना विषेश अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ६ का ६३ वर्षिय पुरुषको मृत्युभएको छ । त्यस्तै घोराही उपमहानगरपालिका १५ का ४२ वर्षिय महिला र राप्ती गाउँपालिका वडा नम्बर ३ का ६५ पुरुषको होमआईशोलेसनमा मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बैशाखयता जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको केन्द्रले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्