२२ जेठ, दाङ –
नेकपा दाङले निर्माण गरेको कोभिड विरामी कुरुवा प्रतिक्षालय आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ। नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि शितलले हस्तान्तरण कार्यक्रमको व्यानर पढेर प्रतीक्षालय हस्तान्तरण गर्नुभएको हो।
एक लाख तीस हजारको लागतमा निर्माण गरिएको प्रतीक्षालय हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै शितलले प्रतीक्षालयको दुरुपयोग नगरी संरक्षणमा जोड दिन अपिल गर्नुभयो। उहाँले कोभिडको विषम परिस्थितिमा प्रतीक्षालयले विरामी कुरुवाका लागि राहत प्रदान गर्ने बताउनुभयो।
कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक दोर्ण वलिले प्रतीक्षालय निर्माण कार्यले पार्टी जनताप्रती उत्तरदायी पार्टी भएको बताउनुभयो। उहाँले निर्धारित समयभन्दा पहिलेनै निर्माण कार्य सम्पन्न भएकोमा पार्टीलाई धन्यबाद व्यक्त गर्नुभयो।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले कोभिड अस्पताललाई आबस्यक पर्ने प्रतीक्षालय निर्माण गरेर पार्टीले अनुकरणीय र उदाहरणीय काम गरेकोमा धन्यवाद दिनुभयो।
हो ।
कार्यक्रममा कोरोना बिशेष अस्पताल बेलझुन्डीले प्रतीक्षालय निर्माणको उच्च प्रशंसा गर्दै जिल्ला पार्टीलाई सम्मान पत्र प्रदान गरेको छ। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपको सभापतित्वमा भएको कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य तिलक योगिको स्वागत मन्तव्यबाट सुरु भएको कार्याक्रमको सहजिकरण जिल्ला कमिटी सदस्य मनोजले गनुुभएको थियो ।।