२०८२ बैशाख ११ गते बुधवार

उत्सवको आभाष दिलाउदै सैघावासी



२२ बैशाख,घोराही-  अपराह्नको झण्डै ३ बज्दै थियो । स्थानीय मौलिक बाजागाजा सहित नाचगान गर्दै सैघावासीहरु आफ्ना उम्मेद्वारहरु पर्खिरहेका थिए । जब उम्मेद्वार, नेता तथा कार्यकर्ताहरु गाउँ पुगे सैघावासीहरुको मादल , बाँसुरीको अझ चर्कियो , नाचगान अझ मच्चियो । जसले उम्मेद्वार, नेता तथा कार्यकर्ताहरु चुनावी बिजयी जस्तै आभाष दिलायो ।

स्थानीय नेता तथा कार्यकर्ताहरुले फुलमाला नाचगान सहित उम्मेद्वार, नेता तथा कार्यकर्ताहरुलाई बाजा बजाउदै र नचाउदै कार्यक्रम स्थलसम्म पु¥याए । जसले सबैमा उत्साह थप्यो । केहीबेर नाचगान पनि चलिरह्यो । स्थानीय नेता तथा कार्यकर्ताहरुले भरिभराउ थियो कार्यक्रम स्थल । सैघा घोराही उपहानगरपालिकाको दुर्गम पहाडी क्षेत्र हो ।

जहाँ भर्खर विकासले जग हाल्दै छ । जब चुनावीसभामा आफ्ना उम्मेद्वारहरुले सैघा क्षेत्रको विकासका लागि योजना सुनाउदै गए । कार्यकर्ताहरुको थप्पडी पनि बज्दै गयो । जसले चुनावी रौनक अझ थप्दै गयो । घोराही उपहानगरपालिका वडा नं. १९ को लाकुरीडाँडाँ आयोजित चुनावीसभामा बुधबारको चुनावीसभामा देखिएको दृश्य हो यो । जसले कार्यकर्ताको उत्साह देख्दा नेता तथा उम्मेद्वार उत्साहित देखिन्थ्ये ।

गाउँलेहरुको उक्त स्वागतमा खुसी व्यक्त गर्दै गठबन्धनका नेता तथा उम्मेद्वारहरुले सैघा र सैघावासीको मुहारमा खुसी ल्याउने प्रतिबद्धता जनाएका छन् । नेपाली काँग्रेसका लुम्विनी प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य राजु खनालले सैघा पर्यटन विकास र कृषि उत्पादनको उचित सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको विकासका लागि गठबन्धनको स्थानीयदेखि केन्द्रीय सरकारसम्मले उचित योजना र विकासको लहर ल्याउने बताउनुभयो ।

कार्यक्रममा गठबन्धनका तर्फका घोराही उपमहानगरपालिका मेयरका उम्मेद्वार हेमराज शर्माले सैघालाई दुर्गम पहाडी क्षेत्र होईन घोराहीको नमूना वडा अर्थात समृद्ध ग्रामिण कृषि क्षेत्रका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गठबन्धन तर्फका घोराही उपहानगरपालिका उपमेयर उम्मेद्वार भुपबहादुर डाँगीले सैघाली जनताको मुहारमा खुसी ल्याउने विकास स्थानीय सरकारको पहुँच र स्थानीय सरकारको अपनत्व दिलाउने काम आफूहरुले गर्ने बताउनुभयो ।

गठबन्धन तर्फ वडाध्यक्ष उम्मेद्वार ज्ञानबहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काँग्रेसका पुर्वसभापति विर्केश्वरी गौतम लगाएकाले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्