२२ बैशाख,घोराही ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ५० जनालाई होल्डिङ गरेर छाडेको छ । दाङमा आज (बुधबार) निषेधाज्ञा उल्लंघन गर्ने ५० जना सहित ९३ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । कारवाही पर्नेमा २६ जना महिला र २४ जना पुरुष रेहेका छन । त्यसैगरि सवारीसाधनमा ३४ वटा दुई पाङ्ग्रे र ५८ वटा चार पाङ्ग्रे गाडि रहेका छन ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट उनीहरुलाई एक घण्टा हाल्डगरि सचेत गराएर छोडिएकोे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाले जानकारी दिनुुभयो । साथै अनावश्य घरबाहिर ननिस्कन र यदि आवश्य काममा निस्किनै परे नजिकको प्रहरीलाई जानकारी दिन पनि जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
निषेधाज्ञामा तोकिएका बाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले वैशाख १७ गते रातिदेखि २५ बेलुकी छ वजे रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।