२०८१ साउन ३ गते बिहिवार

अक्सिजनलाई सहज बनाउन नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोका बिच छलफल



२२ बैशाख,तुलसीपुर ।
युवा वैज्ञानिक मार्शल रोकाले भिमसेन शहरी प्रवर्दन केन्द्र अश्वाराको आइसोलेसन सेन्टरमा अक्सिजन पाइपलाइनको व्यवस्था गर्ने बताउनु भएको छ । २० वटा वेडलाई पुग्नेगरी अक्सिजनको पाइपलाइन बिस्तार गर्न लागेको वैज्ञानिक रोकाले बताउनुभयो ।

अक्सिजनको चरम अभाव हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन युवा वैज्ञानिक रोकालाई आइसोलेसन सेन्टरमा बोलाउनु भएको थियो । नगर प्रमुख पाण्डे र युवा वैज्ञानिक रोका विच अक्सिजनको विकल्पमा गर्न सकिने उपाय र खोजिका विषयमा पनि गम्भिर छलफल भएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्