२०८१ जेष्ठ ५ गते शनिवार

सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव



२२ बैशाख,घोराही /
सल्यान अस्पतालमा अक्सिजन अभाव भएको छ । कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना संक्रमितहरु प्रभावित हुन थालेका छन् ।

अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि संक्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ । अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिण्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पु¥याउन समस्या भइरहेको छ ।

यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ । एन्टिजेन विधिमार्फत अस्पतालमा गरिंदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्