२०८१ जेष्ठ ५ गते शनिवार

लुम्बिनी प्रदेश सांसद डाँगीले दिए सांसद पदबाट राजीनामा



२२ बैशाख,घोराही । दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका एमाले सांसद अमरबहादुर डाँगी क्षेत्रीले पदबाट बुधवार राजीनामा दिएका छन् ।

उनी मंगलवार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेताहरुले बताएका थिए । डाँगीले बुधवार दिउँसो लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले राजीनामा दिएसँगै प्रक्रिया अगाडि बढाइएको लोकान्तरलाई जानकारी दिए । ‘उहाँले राजीनामा दिएसँग संविधानको धारा १८० (क)बमोजिम उहाँको स्थान रिक्त भएको छ ।’ पुनले भने । यस अगाडि कपिलवस्तुका दृगनारायण पाण्डेले पनि सांसद पदबाट राजीनामा दिएर उनको स्थान पनि रिक्त भएको छ ।
मुख्यमन्त्रीकै गृहजिल्लाका डांगीले पोखरेलको साथ छाडेपछि अहिले राजनीति तरंगित बनेको छ । यस अगाडि नेकपाबाट निर्वाचन जितेकी विमला वलीले पनि एमाले छाडेर माओवादी केन्द्र रोजेकी छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्