२०८१ जेष्ठ ५ गते शनिवार

घोराहीकी कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु



२२ वैशाख, घोराही । बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको बुधबार मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ का ५० वर्षीया महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको हो ।

उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।उनलाई निमोनिया समेत थियो । कोरोना संक्रमणबाट अहिले सम्म जिल्लामा मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्