२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा स्कारपियो दुर्घटना हुदा एक जनाको मृत्यु, दुई घाईते



२२ बैशाख,घोराही /
दाङमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाईते भएका छन् । घोराही मुर्कुटि सडक खण्डअन्तरगत घोराही ४ भंगाले भन्ने स्थानमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

बा १३ च ८०४८ नंम्वर को स्कारपियो दुर्घटना हुदा घोराही उपमहानगरपालिका १३ बडहराका चलक बिष्णु गिरीको घटना स्थलमै मृत्यु भएको र दुर्घटनामा परि तुलुसीपुर १६ का २३ वर्षिय बसन्त भण्डारी र तुलसीपुर ४ का ३३ वर्षिय राजकुमार थापा गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

गएराति दुर्घटना भएपनि घटनाको बारेमा विहान जानकारी पछि प्रहरीले घाईतेहरुको उद्धार गरेको हो । जंगलमा अड्कीएको अबस्थामा घाईतेहरुको प्रहरीले आज बिहान उद्धार गरि उपचारलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको छ । घाइतेहरुको टाउको, खुट्टा र हातमा गम्भिर चोट लागेको छ । जिप सडक देखी करिब ८ सय मिटर तल उर्लेकेनी भन्ने स्थानमा खसेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्