२२ चैत ,घोराही- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालको राष्ट्रिय राजनितीलाई ध्रुवीकरण गर्न वामपन्थी र दक्षिणपन्थी शक्ति मात्रै आवश्यक रहेको बताउनुुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले देशको सर्वोपरी हीतका लागि दुुई राजनीतिक शक्ति स्थापित हुुनुुपर्ने बताउनुु भएको हो ।
हिजोका दिनमा वामपन्थी शक्ति र दक्षिणपन्थी शक्तिबीचको समझदारीलाई परिक्षणका रुपमा लिएको स्मरण गराउँदै उहाँले त्यो दिगो बन्न नसकेको बताउनुुभयो । उहाँले अहिलेको सरकार बास्तविक सरकार जस्तो नरहेको तर्क पनि गर्नुभयो ।
ने
ता पोख्रेलले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग चुनावी तालमेल नहुने प्रष्ट पार्नुभएको छ । उहाँले पार्टीसँग नभई तथी दलमा आवद्ध भएकाहरुलाई एकतामा सहमाहित गर्दै प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको स्पष्ट पानुुभएको छ ।
उहाँले पुुष्पपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाहेकका अरू सबैलाई एमालेले बाटो खुला गरेकाले आउन अपिल पनि गर्नुभयो ।
कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन नसक्ने जिकिर गर्दै यसका लागि बलियो कम्युनिस्ट निर्माणका एमाले लागि परेको बताउनुभयो । आसन्न स्थानीय निर्वाचनका लागि पार्टीले यही महिनाको मसान्तसम्ममा उम्मेदवार सिफारिस गर्ने हुँदा विगतको कामको मुल्यांकन गर्दै प्रोत्साहित गरिने प्रष्ट पार्नुभएको छ । पत्रकार सम्मेलन प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको थियो ।।