२०८१ असार ३ गते आइतवार

बुधबारदेखी दाङमा टाइफाइड विरुद्ध खोप दिईने



२२ चैत ,घोराही – दाङमा भोली(बुधबार) देखी टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भोलीदेखी सञ्चालन हुने खोप अभियान वैशाख ११ गतेसम्म जारि रहने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो ।

आज पत्रकारहरु संगको छलफलमा कार्यालयका प्रमुख अंगद बहादुर शाहीले यो अभियानमा जिल्लाका लक्षित उमेर समुहका कुनै पनि बालवालिका बञ्चित नहुने गरी संचालन गर्न लागिएको जानकारी गराउनुभएको छ ।

पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएकोे छलफल कार्यक्रममा १५ महिनादेखि १५ बर्षमुनीका सम्पूर्ण लक्षित बालवालिकाहरुलाई खोप अभियानमा सहभागि गराईने उहाँले बताउनुभयो । यो रोगबाट बच्नको लागि नियमित सरसफाई र खानपानमा ध्यान दिनुपर्ने प्रमुख शाहीको भनाई छ ।

खोप प्रदान लागि विद्यालयहरुमा केन्द्र स्थापना गरिएको हुँदा तोकिएको खोप केन्द्रमा गई सेवा लिन अपिल गर्नुभएको छ । उहाँले खोप अभियानको भोलीपल्ट स्वास्थ्य कार्यालय मार्फत छुटेका बालवालिकाहरुलाई एक दिन खोप प्रदान गरिने कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिनुभयो ।

विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ ।

यसैविच स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत् खोप शाखा प्रमुख सागर दाहालका अनुसार अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिने भएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्