२०८१ साउन १० गते बिहिवार

सल्यानमा बलेरो जीप दुर्घटना हुदाँ सहचालकको मृत्यु




२२ चैत,सल्यान-
सल्यानमा गाडी दुर्घटना हुदाँ सह-चालकको मृत्यु भएको छ भने चालक घाईते भएका छन। जिल्लाको शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगर तर्फ आउदैँ गरेको भे १ ज ३३६ नम्बरको जीप कच्ची सडकमा दुर्घटना हुदा दारिमचौर निवासी गाडीका सहचालक १८ बर्षिय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै दुर्घटनामा परेर गाडी चालक सोही ठाउँ निवासी २१ बर्षिय थलराज वली सामान्य घाइते भएका छन् ।

आज बिहान करिब ६ वजेको समयमा जीप दुर्घटना भएको हो । गाडी सडकबाट करिब १५ मिटर तल खसेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्