२०८१ असोज २३ गते बुधवार

१६५ वटा सडक शिलान्यासको संसदमा विरोध



२३ चैत्र.घोराही।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै आपत्ति जनाउनुभयो ।

यस्तै सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् असफल बनाउन बिजनेस नदिएको भन्दै उहाँले संसदमा आएर आफूलाई लागेका कुरा राख्न र संसद्को सम्मान गर्न आग्रह गर्नुभयो ।

सांसद मेटमणि चौधरीले दाङमा मापदण्ड विपरीत जमिन तथा नदी, खोला उत्खनन गरेर चुरे क्षेत्र ध्वस्त बनाउने काम भइरहेको भन्दै तत्कालै रोक्न माग गर्नुभयो ।

यस्तै सांसद रामबहादुर विष्टले तीन महिनाभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउँछन् भन्ने प्रधानमन्त्रीको गफ कता हरायो भन्दै प्रश्न गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्