२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा बायु प्रदुषण खतराको विन्दुमा, एक्यूआई १६२



२३ चैत्र,घोराही ।
पछिल्लो समय दाङसहित देशैभरि वायु प्रदूषण बढ्दै गएको छ । प्रदुषण बढेकै कारण दाङमा आज घाम मधुरो लागेको छ भने स्वासप्रस्वासमा समेत असहजको महशुस गराएको छ ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको वेबसाइटमा दाङको बायु प्रदुषणको मात्रा (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) एक सय ६२ पुगेको छ । वितेको दुई दिनमा दाङमा प्रदुषणको मात्रा एक्यूआई ७९ बाट बढेर एक सय ६२ पुगेको देखाएको छ ।

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ । आजको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ ।

नेपालको सबैभन्दा धेरै धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआईसम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६०, काठमाडौंको २२३ एक्युआई रहेको छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताउनुभयो । यता दाङमा पनि अहिले वन क्षेत्रमा डढेलो व्यापक मात्रामा लागेको छ । अहिले जिल्लामा ३१ बढी वन क्षेत्रमा आगलागि भएको छ ।

यसैविच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जंगलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे मास्क प्रयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।

यसैविच मौसम बदली भए पनि अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने चिकित्सकको भनाई छ । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्