२०८२ बैशाख १२ गते बिहिवार

घुससहित पक्राउ परेका रोल्पाका ट्राफिक प्रमुख सई दोषी ठहर



२१ फागुन, घोराही – घुस रकमसहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललित कुमार बुढाथोकी भ्रष्टाचार मुद्दामा दोसी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघि उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दाएर गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पामा कार्यालय प्रमुखको रुपमा रहदा उनी २५ हजार घुससहित पक्राउ परेका थिए । उनलाई तीन महिना कैद तथा २५ हजार रुपैयाँ जरिवाना र १ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कवापत पीडित राहत कोषमा भराउने फैसला भएको छ ।

मुद्दामा विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले फैसला गरेको थियो । उनले सवारी साधनलाई आवत जावतमा सहजीकरण गरिदिए वापत घूस लिएका थिए।।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्