२०८१ असोज २३ गते बुधवार

नेपाल ईन्जिनियर्स एसोसिएसन: दर्लामी प्यानलबाट केन्द्रिय सदस्यमा भिड्दै बिनोद बहादुर पाल




२२ फागुन,काठमाडौं –
नेपाली ईन्जिनियरहरूको साझा संस्था नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचन मिति नजिकँदै जाँदा उम्मेदवारहरूको व्यस्तता बढ्दै गएको छ। निर्वाचनमा ई डा.हरि बहादुर दर्लामी लोकतान्त्रिक ईन्जिनियर समूह (सिडेन) बाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका ई. बिनोद बहादुर पाल पनि यतिबेला चुनाव लक्ष्यित भेटघाट एवं प्रचारप्रसारमा निकै नै व्यस्त बन्दै गएका छन् ।

ईन्जिनियरिङ क्षेत्रमा लामो समय देखि आवद्ध रही हाल प्याराडाइज होम इन्जिनियरिङ कन्सटेन्सी किर्तिपुरमा समेत प्रबन्ध निर्देशकको रुपमा काम गर्दै आएका पाल कुशल नेतृत्वदायी क्षमता भएका व्यक्तिको रूपमा समेत चिनिन्छन्।उनले अहिले विभिन्न सरकारी र गैरसरकारी कार्यालयमा परामर्शदाता र मुल्यांकन कर्ताको रुपमा काम गरि रहेका छन् ।

एसोसिएसनमा क्रियाशील नेतृत्वको आवश्यकता महसुस गरेर नै आफुले निर्वाचनमा उम्मेदवारी दिएको बताउने पाल आफ्नो विजय सम्पूर्ण ईन्जिनियरिङ क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनको लागि नयाँ कोशेढुङ्गा सावित हुने दावी समेत गर्छन् ।

पाल एसोसिएसनको निर्वाचनको समयमा विभिन्न आकर्षक कार्यक्रमहरू समेटिएका घोषणापत्र एवं भाषण प्रस्तुत गर्ने व्यक्ति एवं समूह नै लामो समय नेतृत्वमा रहने क्रममा समेत ती कार्यक्रमहरूलाई कार्यरूपमा बदल्न तयार नहुने परिपाटी अन्त्यकै लागि आफूले उम्मेदवारी दिनुपरेको समेत बताउँछन् ।

साथै यस्तो स्थिति सिर्जना हुनुमा कुशल क्षमतावान व्यक्ति निर्वाचित हुन नसक्नु नै मुख्य कारण रहेको तर्फ मतदाताहरूलाई ध्यानाकर्षण गराउँदै पाल कामबाट नै आफूलाई सही सावित गर्न सक्ने व्यक्तिलाई नै विवेकशील तवरले मतदान गरी निर्वाचित गर्नुपर्नेमा विशेष जोड दिन्छन् सदस्य पदका उम्मेदवार पाल नेपाल ईन्जिनियर्स एसोसिएसनले गर्नुपर्ने थुप्रै जिम्मेवारीहरू भएको र प्राथमिकतासाथ क्रमिक रूपमा ती कार्यक्रमहरू अघि बढाउने दाबी गर्छन् ।

साथै निर्वाचन सम्पन्न भएपश्चात् आफूहरूको मुख्य जोड नेपाली ईन्जिनियरहरूको क्षमता विकासमा नै केन्द्रित रहने समेत पाल बताउँछन् ।आफ्ना शुभचिन्तक एवं सम्पूर्ण मतदाताहरूलाई आफ्नो अमूल्य मत मार्फत विजयी गराई आफूहरूका सपना साकार पार्न सदस्यका उम्मेदवार पालना गर्न आग्रह गर्छन् ।

स्मरण रहोस्, लामो इतिहास बोकेको नेपाल ईन्जिनियर्स एसोसिएसन नेपाली ईन्जिनियरहरूको हकहितको उद्देश्यले स्थापित एकमात्र गैरराजनीतिक साझा संस्था हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्