२०८१ माघ ७ गते सोमवार

घोराहीमा जारी भलिबलको फाईनल भोलीः तुलसीपुर र राप्तीको भिड्न्त




२१ फागुन,घोराही- दाङको घोराहीमा जारी प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको आज बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिका लाई २५– २१, २५ –२१ र २५–१४ को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।
त्यस्तै दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका लाई २५–१६, २५–२० र २५–२० को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिकाले तुलसिपुरसंगको फाईनल भिड्न्त पक्का गरेको हो ।
फागुन १६ गतेबाट संचालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कारको ब्यबस्था गरिएको प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्