२१ फागुन,प्युठान- प्यूठानमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नम्बर ७ पूण्यखोलाका ५५ बर्षका रणबहादुर घर्ती मोटरसाइकलको ठक्करबाट घाइते भएका थिए ।
घाईते घर्तीलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता देबीप्रसाद गैरेले जानकारी दिनुभएको छ ।
हिजो प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए ।
प्रहरी निरीक्षक गैरेका अनुसार ठक्कर दिने मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । घटनापछि मृतकका आफन्तले स्वर्गद्वारी क्याम्पस अगाडि चक्काजाम समेत गरेका थिए ।।