२०८१ असार ६ गते बुधवार

सल्यानमा एक व्यक्ति मृत अवस्थामा फेला



२१ फागुन,सल्यान –
सल्यानमा एक व्यक्ति जंगलमा मृत अवस्थामा फेला परका छन् । गएको बुधबार बेलुकिदेखी हराइरहेका कपुरकोट २ भकम गाउँ निवासी ६४ बर्षिय मेवालाल नेपाली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिनुुभयो । सोही वडाको फुर्केमेल सामुदायिक वनमा नेपालीको शव शनिबार बिहान करिव ९ बजेतिर फेला परेको हो।

बाँस काट्न भन्दै बुधबार दिउँसो घरबाट निस्कीएका नेपाली घर नफर्किएपछी घरपरिवारले प्रहरिलाइ खबर गरेका थिए । बिहिबारदेखी प्रहरी र स्थानियले खोजिकार्य गर्दा शनिवार शव फेला परेको मृतक नेपालीका छोरा बिरेन्द्र मावी गर्पाका प्रअ डिल बहादुर नेपालिले जानकारी दिनुभयो । घर देखि करिव ढाइ किलोमिटर पश्चिम स्थित फुर्केमेल सामुदायिक बनको छांगा भन्दा तल शव भेटिएको हो ।

परिवारले भने घटना संकास्पद रहेको बताएका छन् । प्रहरीले शनिबार नै प्रारम्भीक मुचुल्काको कार्य गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको छ । घटनाबारे अनुसन्धान अधिकृतको टोलिले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्