२०८१ माघ २६ गते शनिवार

सल्यान अस्पतालमा तत्काल चिकित्सक पठाउन माग



२१ फागुन,घोराही – सल्यान जिल्ला अस्पतालमा चिकित्सक पठाउन माग गर्दै सल्यानवासीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मुख्यमन्त्रीको कार्यालयमा पुगेर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले पत्र बुझाएका हुन् ।

सल्यान अस्पतालमा केही समय यता चिकित्सक नहुँदा नियमित सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीअनुसारका डाक्टर छैनन् ।

केही समयअघि अस्पतालमा कार्यरत केही चिकित्सकको सरुवा भएको र केही तालिममा गएकाले हाल एकजना मात्रै चिकित्सक रहेका छन् ।

आर्थिक विपन्नताका कारण निजी अस्पताल तथा जिल्लाबाहिर गई उपचार गर्न सक्ने अवस्था नभएकाले बिरामीहरूको मर्कालाइ ध्यानमा राखी दरबन्दीका चिकित्सक तत्काल पठाउन माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष सिपी वलीले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्