२०८१ माघ ७ गते सोमवार

जेठ महिनाको दोस्रो सातामा कक्षा १२ को परीक्षा गर्ने तयारी



२१ फागुन, घोराही- कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ ।

बोर्डले छिट्टै परीक्षाको समय तालिका सार्वजनिक गर्ने जनाएको छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ ।
कोरोनाका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र अनलाइनमार्फत् पठाउन थालेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्