
Photo By : thaha khabar
२३ माघ, दाङ- तुलसीपुर उपमहानगरपालिका १० गौरीगाउँको फुटबल चौरमा मंगलबार स्थानीय किसानले पाल्दै आएका एक सय बढी घोडालाई टिटानस र जुका विरुद्धको खोप लगाउनुका साथै भिटामिन खुवाइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको पशु स्वास्थ्य शाखाको सहयोग र पशु स्वास्थ्य तालिम तथा परामर्ष सेवा कास्की पोखराको प्राबिधिक सहयोगमा एक सय बढी घोडालाई खोप लगाइएको हो । तुलसीपुर १० र तुलसीपुर ११ का किसान आफुले पालेका घोडाहरु ल्याएर खोप लगाउन आएका थिए ।
तुलसीपुर १० र ११ गरि दुई वटामा मात्रै एक सय २० बढी किसानले घोडा पाल्दै आएको हुँदा वडा कार्यालयले नगरपालिकाको योजनामा घोडा पालक किसानको हितमा योजनाहरु ल्याउन नसकेको किसानको भनाई छ।।