२०८१ चैत्र ११ गते सोमवार

शीतभण्डार नहुँदा सल्यानका सुन्तला किसान समस्यामा



२३ माघ,सल्यान –सुन्तला उत्पादनबाट आम्दानीको मुख्य स्रोत बनाएका सल्यानका किसानले हरेक वर्ष खेती र उत्पादन बढाउँदै लगेका छन् । तर, शीतभण्डार नहुँदा उचित मूल्य नपाइ कम मूल्यमै सुन्तला बेच्नुपर्ने बाध्यतामा किसान छन् ।

बागचौर नगरपालिका–९, डाँगीगाउँका किसान लोकबहादुर डाँगीले सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुने भए पनि उचित भण्डारण प्रणाली नहुँदा उचित मूल्य पाउन नसकेको बताउनुभयो ।

जिल्लाभर एक हजार ६ सय ७५ हेक्टरमा सुन्तला खेती हुने गरेको छ । गत वर्ष ७ हजार ८ सय ८० मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ८ हजार ६ सय मेट्रिकटन सुन्तला उत्पादन हुँदा किसानले ३५ करोडभन्दा बढी रुपैयाँ सल्यान भित्राउने अनुमान छ ।

सल्यानका विशेषगरी बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिकामा व्यावसायिक रूपमा सुन्तला खेती हुँदै आएको छ । तर, जिल्लामा शीतभण्डारको अभावले किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।।

 

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्