२३ माघ, घोराही- दाङको घोराहीमा ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ हुने भएको छ । अल्फा तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा फागुन २ र ३ गते दुई दिन घोराहीमा ‘चौथो अल्फा दाङ जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुन थालेको हो ।
आयोजक अल्फा तेक्वान्दो डोजाङले आज पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लास्तरीय च्याम्पियनसिपको बारेमा जानकारी गराएको छ । खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता पहिचानका लागि जिल्लास्तरीय च्याम्पियनसिपको आयोजना गरिएको अल्फा तेक्वान्दो डोजाङ प्रमुख प्रशिक्षक सुनिता विष्टले जानकारी दिनुभयो ।
डोजाङ प्रमुख बिष्टका अनुसार च्याम्पियनसिपमा महिला र पुरुष खेलाडीले २१ केजी तौल समूहदेखि ६० केजीसम्म तौल समूहमा प्रतिष्पर्धा गर्ने छन् । यसैगरी पुम्से पुरुष र महिलातर्फ एकल १० बर्ष मुनिका खेलाडीले प्रतिष्पर्धा गर्ने अल्फा तेक्वान्दो डोजाङका सिनियर खेलाडी दामु शर्माले जानकारी दिनुभएको छ ।।