२०८१ मङ्सिर २५ गते मङ्गलवार

आज दाङका थप २५ जनामा कोरोना पुष्टि



२२ माघ,घोराही –
दाङमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ७ जनाको पिसीआर र विभिन्न पालिकामा १८ जनाको एन्टीजेन परिक्षण गर्दा १३ पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना देखिनेमा घोराहीका २१, तुलसीपुरका २, लमहीका १ र दंगिशरणका १ जना रहेको कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यसैगरी आज जिल्लामा ३८ जना कोरोना मुक्त भएका छन् । निको हुनेमा राप्तीका १३, घोराहीका ११, तुलसीपुरका ६, गढवाका २, शान्तिनगरका १ दंगिशरणका २ लमहीका २ र जिल्ला बाहिरका १ जना रहेको केन्द्रको भनाई रहेको छ ।

दाङमा संक्रिय संक्रमितको संख्या २ सय ७८ रहेको छ । उनिहरुमध्ये ६ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, २ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने २ सय ७० जना घरमै रहेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्