२०८१ मङ्सिर १६ गते आइतवार

सरकारको स्पष्टीकरणः खोप कार्ड नभए सार्वजनिक सेवा नदिने



२२ माघ,घोराही –
सरकारले कारोना विरुद्धको खोप सबै नागरिकको पहुँचमा पु¥याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्पष्टीकरण दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरुद्धको खोप लिन नागरिक नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा ल्याउन यस्तो नीति लिनु परेको बताउनुभएको छ ।

प्रवक्ता मिश्रले यस्तो नीति लिएपछि कोभिड विरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको दाबीसमेत गर्नुभयो । सरकारले लिएको यो नीति नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको उहाँको भनाइ छ ।

सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिड विरुद्धको खोप केन्द्रको व्यवस्था गरेर सरकारले खोप लिन सहज गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्