२२ माघ,घोराही –
सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिनुुभयो ।
शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भएको र स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भएको उहाँको भनाई छ ।
यसअघि सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द रहेका छन् ।।