२३ माघ,घोराही ।
दाङमा अहिले सम्म साढे ३ हजार जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ३ हजार ५ सय ३७ जनामा अहिले सम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
ति मध्य ३ हजार ४ सय ६८ जनाले कोरोनालाई जितेका छन् । साथै दाङका ४७ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले २२ जना सकृय संक्रमित रहेका छन् । ति मध्य ७ जना कोरोना बिषेश अस्पताल बेलझुण्डिमा र अन्य घरमै बसेका छन् ।
कोरोना बिषेश अस्पतालमा अहिले सम्म ६ सय १३ जना भर्ना भएका छन् । ति मध्य ६ जनाको त्यहाँ मृत्युभएको, १० जना रिफर र ५ सय ९० जना कोरोना मुक्त भई घर फर्किएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ । दाङमा अहिले सम्म २२ हजार ४ सय ९७ जनाले पिसिआर जाँच गराएका छन् ।।