२३ माघ,घोराही ।
दाङमा प्रहरीले २ लाख २० हजार रुपैयाँ सहित ७ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ९तेघरा स्थित केशरबहादुर शाहको घरमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक मोहजजंग बुढथापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले २ लाख २० हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास सहित ती ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घरधनी केशरबहादुर शाहका छोरा प्रज्वल थापा, घोराही २ का रोहन खाती, घोराही १६ का धिरण शाह, घोराही १३ का सुनिल पुनमगर, घोराही ७ का पंकज पन्त, घोराही ९ का होमबहादुर केसी र रोल्पा त्रिबेणि ७ का विजय गाहामगर रहेका छन् ।
पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरी कार्वाही सुरु भएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।।