२१ पस, घोराही – घोराहीमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको अगुवाइमा थारु संघसंस्थाको संयूक्त वैठकले यहि पुस २७ र २८ गते माघ महोत्सव गर्ने निर्णय गरेको हो ।
‘आर्थिक जागरण ओ साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ मुख्य नारा सहित आयोजना हुन लागिएको महोत्सवमा मुख्य आकर्षण मघौटा नाच, मौलिक भेषभुषा तथा थारु परिकार रहेन महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
यसैविच महोत्सवलाइ भब्य बनाउनको लागि भुवन चौधरीको संयोजकत्वमा ५१ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरिएको छ । थारु संघ सस्थाहरुको संयुक्त भेलाले थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको हो ।
त्यसैगरी महोत्सवको प्रवक्ताको जिम्मेवारी सभाका सचिव प्रकाश चौधरीलाई जिम्मेवारी दिने निर्णय भएको प्रचार प्रसार संयोजक सन्तोष दहितले जानकारी दिए । यसैगरी महोत्सव तयारीकोे लागि १० वटा विभिन्न उपसमितिहरु गठन गरिएका दहितले जानकारी दिनुभएको छ ।।