२०८१ मङ्सिर २५ गते मङ्गलवार

दाङमा कोरोनाका कारण एक विद्यालय बन्द



२१ पुस, दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । विद्यालयका ५ जना शिक्षक र ५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय पाँच दिनका लागि बन्द गरिएको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।

तुलसीपुर मेट्रो हस्पिटलमा एक सय ६ जना विद्यार्थी र शिक्षकलाई एन्टीजेन जाँच गर्दा १० जनामा कोरोना पोजिटिभ देखिएको कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय कोरोना संक्रमणको दर तुलसीपुरमा बढ्न थालेको छ । तीनदिनको अवधिमा तुलसीपुरमा २५ जना कोभिडका बिरामी भेटिएका छन् । विद्यालय पुष २४ गतेसम्म बन्द गरिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्