२०८१ माघ ४ गते शुक्रवार

दाङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु



२१ पुस,घोराही । दाङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु भएको छ । आज दिउसो साढे २ बजेतिर एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका वाड नं. ८ दुधेना निवासी ६८ बर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुरबाट घोराहीतर्फ आउदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं। १० नारायणपुरमा भएको उक्त दुर्घटनाबाट गम्भीर घाईते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्