२०८२ बैशाख १० गते मङ्गलवार

गायक तथा सर्जक जनक बिबश न्यौपानेको शब्द, संगीतमा मुनामदन २ सार्वजनिक



२१ पुस, दाङ । लोक आधुनिक गीत मुनामदनको अत्याधिक सफल भए पछि गायक तथा सर्जक जनक बिबश न्यौपानेले मुनामदन २ पनि सार्वजनिक गरेका छन । न्यौपानेकै शब्द, संगीतमा रहेको गीतमा स्वयम न्यौपाने र गायिका रचना रिमालको स्वर रहेको छ । उक्त गीतमा राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठे र नवनायिका याङसु श्रेष्ठ को सशक्त अभिनय रहेको छ।

नेपाली सुगम संगितमा आफ्नो छुट्टैर पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपाने युट्युरब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

प्रकाशित मिति : २०७७ पुष २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्